Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

विपी राजमार्गमा आजैदेखि १५ दिनसम्मका लागि रातिमा बन्द गरिने

बाढी र पहिरोको जोखिम बढेकोले बीपी राजमार्गमा १५ दिनसम्मका लागि रातिमा बन्द गरिने भएको छ ।

काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले शुक्रबारदेखि नै साँझ ६: ३० बजेदेखि विहान ५ बजेसम्म यात्रुवाहक सवारी साधन चलाउन रोक लगाईएको हो ।

मनसुन सुरु भएसँगै बाढिपहिरोको जोखिम बढेको भन्दै यस्तो निर्णय लिइएको बताइएको छ । गएराती मात्र रोशी नदीको बीचमा फसेका पाँच जनालाई सकुशल उद्धार गरिएको थियो ।