Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र नासु साह अख्तियारको नियन्त्रणमा

अख्तियात् दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरीया नगरपालिका, (हाल बहुदरमाई नगरपालिका, पर्सा) का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायब सुब्बा संदीप साहलाई नियन्त्रणमा लिएको छ ।

अख्तियारले नगरपालिकामा कार्यरत कर्मचारीहरुले बिभिन्न योजनाहरुको स्वीकृति एवं कर्मचारी नियुक्ति लगायतका विषयहरुमा अनियमितता गरी भ्रष्टाचार गरेको आरोपमा श्रीवास्तव र शाहलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

बिद्युतीय उपकरण (मोबाइल) थान-४ सहित जिल्ला पर्सा, बिरगंज महानगर-१२ प्रतिमा चोक र वडा नं. ३ प्रगतिनगरबाट शुक्रबार नियन्त्रणमा लिइएको छ । 

साथै हाल पोखरीया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बिनय कुमार सिंह र ऐ.बिरगंज नगरपालिका-२  का सचिव ओम प्रकाश चौरसियाको साथबाट बिद्युतीय उपकरण (मोबाइल) थान-२ बरामद गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।