शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

हटाइयो काठमाडौंको निषेधाज्ञा

हटाइयो काठमाडौंको निषेधाज्ञा

आषाढ ६, २०८२ शुक्रवार
आषाढ ६, २०८२ शुक्रवार
  • हटाइयो काठमाडौंको निषेधाज्ञा

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानहरूमा जारी गरेको निषेधाज्ञा हटाएको छ।

    राजावादीहरूको आन्दोलन चर्किएपछि गत जेठ १८ गते आदेश जारी गर्दै प्रशासनले चक्रपथ र चक्रपथभित्र विरोध कार्यक्रम तथा सभा–जुलुस गर्न निषेध गरेको थियो।

    प्रशासनले एक सूचना जारी गर्दै अब ती सबै स्थानहरूमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कार्यक्रम गर्न सकिने जनाएको छ।

    प्रशासनले भनेको छ, ‘हाललाई जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कार्यक्रम गर्ने गरी उक्त आदेश कायम नरहेको ब्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट