शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

विनयी खोलाको बाढीले बस बगायो, यात्रुको सकुशल उद्धार

विनयी खोलाको बाढीले बस बगायो, यात्रुको सकुशल उद्धार

आषाढ ६, २०८२ शुक्रवार
आषाढ ६, २०८२ शुक्रवार
  • विनयी खोलाको बाढीले बस बगायो, यात्रुको सकुशल उद्धार

    बुटवल–नारायणगढ सडक खण्डस्थित नवलपरासी पूर्वको विनयीखोलामा आएको बाढीले बगाएको बस फेला परेको छ। बिहीबार राति बाढीले बगाएको बस बस एक किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी मधु नेपालले जानकारी दिए।

    उनका अनुसार यात्रुहरूको यसअघि नै उद्धार गरिएको थियो। ३८ यात्रु लिएर काठमाडौंबाट बर्दिया आउँदै गरेको भे १ ख ४०८५ नम्बरको बस विनयी खोलाको बाढीले गए राति बगाएको थियो। डाइभर्सनसँगै बाढीले बस बगाएको थियो।ओभरलोडसहितको ट्रकले पुल भाचिएपछि विनयीखोलामा डाइभर्सन बनाएर यातायात सञ्चालन भइरहेको छ।

    प्रहरीले एक्स्काभेटर ल्याएर राति नै सबै २४ जनाको उद्धार गरेको हो । घटनास्थलमा खटिएका करिब डेढ सय प्रहरीले खहरेखोलाको बाढीमा फसेका यात्रुलाई एक्स्काभेटरमार्फत बाहिर निकालेको हो । जिल्ला प्रहरीका अनुसार बस भने खोलामै छ।

    तर, पछिल्लो समय वर्षा शुरू भएसँगै दैनिकजसो बाढीले डाइभर्सन बगाउने गरेको छ। बाढीले बससँगै डाइभर्सन पनि बगाएपछि नारायणगढ–बुटवल सडकखण्ड फेरि बन्द भएको छ। डाइभर्सन बगाएकाले यातायात अवरुद्ध छ। दुम्किबासबाट दाउन्नेतर्फको सडक हिलाम्य भएकाले गाडीहरू उकालो चढ्न नसकेर बिच बाटोमै अलपत्र छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार