Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश

उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशले निरन्तरता पाएको छ।

बिहीबार न्यायाधीशहरू टंकप्रसाद गुरूङ र टीकाराम आचार्यले पाठकलाई पक्राउ नगर्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।

‘निवेदकले सम्प्रेषित गरेको सामग्रीबाट कसूर भएको भनी परेको जाहेरीको आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था स्थापित भएको नदेखिँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म निवेदकलाई पक्राउ नगर्नू / नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम यस अदालतबाट मिति २०८२-०३-०२ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।

आदेशको जानकारी विपक्षीहरूलाई दिनू,’ आदेशमा भनिएको छ। अब पाठकले हालेको मुद्दा नटुंगिदासम्म प्रहरीले उनलाई पक्राउ गर्न पाउने छैन।