Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

सचिव ढुंगानाको सरुवा

सत्य, निरुपण तथा मेलमिलाप आयोगका सचिव पाराश्वर ढुंगानाको सरुवा भएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले ढुंगानाको सरुवा गरेको हो। उनलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको सरकारका प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्।

त्यस्तै, सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव निर्मला अधिकारी भट्टराईलाई कायममुकायमको जिम्मेवारी दिने निर्णय पनि भएको उनले जानकारी गराएका छन्।