Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु

मोबाइल चार्ज गर्दा करेन्ट लागेर रौतहटमा एक महिलाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका–३ डमार पोखरी टोल बस्ने शेख सफुलाको श्रीमती ३० वर्षीया गुलनाज खातुन छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज अपराहन्न ४ः २० बजेको समयमा खातुनले आफ्नो सुत्ने कोठामा मोबाईल चार्ज गर्दा करेन्ट लागेर घाइते भएकी थिइन्। प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लग्दा ५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ। 

उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखेर घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।