Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

नगर प्रहरी प्रमुख पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।

बुधबार पत्न उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

आदेशमा भनिएको छ- '२०८२ जेठ २० गते को निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी निवेदकलाई निजको पदमा रही कामकाज गर्न दिनू/दिलाउनू भनी उच्च अदालत नियमावली नियम ४२ (१) बमोजिम विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरी दिइएको छ ।'

एक साताको समय दिएर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले पाण्डेलाई जेठ ६ गते स्पष्टीकरण सोधेका थिए भने पाण्डेले जेठ १२ गते स्पष्टीकरण बुझाएका थिए । त्यसपछि स्पष्टीकरण चित्त नबुझेको भन्दै पाण्डेलाई जेठ २१ गते निलम्बन गरिएको थियो ।