शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बैंकिङ क्षेत्र सुधार कार्यदलले माग्यो सुझाव

बैंकिङ क्षेत्र सुधार कार्यदलले माग्यो सुझाव

आषाढ ४, २०८२ बुधवार
आषाढ ४, २०८२ बुधवार
  • बैंकिङ क्षेत्र सुधार कार्यदलले माग्यो सुझाव

    नेपाल राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदललाई इच्छुक संस्था तथा महानुभावहरूबाट सुझाव दिन अनुरोध गरेको छ । कार्यदलले इमेल ठेगाना [email protected] मार्फत सुझावहरु उपलब्ध गराइदिन अनुरोध गरेको हो ।

    कार्यदलले बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा, आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम, बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधान, नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका  र पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा  सुझाव मागेको छ ।

    गभर्नर डा. विश्व पौडेलले बैंकिङ क्षेत्र क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न डा. रेवतबहादुर कार्की-संयोजक रहको तीन सदस्यीय कार्डल गठन गरेका थिए । 

    कार्यदलको सदस्यमा भुवनकुमार दहाल छन् भने नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक, सदस्य सचिव रहेका छन् । उक्त कार्यदलको समयावधि एक महिनाको तोकिएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट