Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

त्रिभुवन विमानस्थलबाट एक किलो बढी सुनसहित महिला पक्राउ

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बढीसहित एक भारतीय नागरिक पक्राउ परेकी छन् ।

५३ वर्षीया खेमानी मिना सुजित सिंह पक्राउ परेकी हुन्। उनलाई मंगलबार राति एक किलो १६० ग्राम सुनसहित पक्राउ गरिएको हो। उनी सारजाहबाट एयर अरेबियाको उडानमार्फत् मध्यराति नेपाल आइपुगेकी थिइन्।

चेकिङको क्रममा सुन फेला परेपछि उनलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

‘उनलाई पक्राउ गरेर थप अनुसन्धान गर्ने काम भइरहेको छ,’ एसएसपी राठौरले भने।