Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

विनयीखोलाको बाढीले फेरि बगायो डाइभर्सन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध भएको छ। विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन फेरि बगाएको छ।

गए रातिको पानीले खोलामा बाढी आएपछि हिजो दिउँसो बनाएको अस्थायी डाइभर्सन पुनः बगाएको हो । डाइभर्सन बगाएपछि गाडी आवागमन दुईतर्फी नै बन्द भएको छ। पानी परेसँगै विनयी खोलामा बाढी आएर डाइभर्सन पटक–पटक बगाउने गरेको छ।

अहिले त्यस क्षेत्रमा इन्जिनियरसहितको टोली परिचालन गरेर छिटोभन्दा छिटो गाडी चल्न सक्ने गरी मर्मतको काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

पानीको वहाव कम हुँदै गएकोले दिउँसोसम्म गाडी चलाउन सक्ने गरी काम हुने कार्यालयको दाबी छ।