शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

दिलभूषण पाठकलाई उपस्थित हुन साइबर ब्यूरोको सूचना

दिलभूषण पाठकलाई उपस्थित हुन साइबर ब्यूरोको सूचना

आषाढ ३, २०८२ मंगलवार
आषाढ ३, २०८२ मंगलवार
  • दिलभूषण पाठकलाई उपस्थित हुन साइबर ब्यूरोको सूचना

    साइबर अपराध अभियोगमा पक्राउ पूर्जी जारी गरिएका पत्रकार दिलभूषण पाठकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले मंगलबार सार्वजनिक सूचना जारी गर्दै यथाशिघ्र उपस्थित हुन आग्रह गरेको छ।

    पाठकविरुद्ध काठमाडौँको पाँचतारे होटल हिल्टनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका छोरा जयवीरको लगानी रहेको विषयमा भिडिओ रिपोर्ट प्रशारण गरेका थिए। यसै विषयमा देउवा परिवारले साइबर ब्युरोमा उजुरी दिएको थियो।

    त्यसैका आधारमा ब्यूरोले पक्राउ पूर्जी समेत जारी गरेको थियो। तर पाटन उच्च अदालतले सोमबार उनीमाथि धरपकड नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। सार्वजनिक सूचनामा पाठकलाई साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भई अनुसन्धानमा सहयोग गर्न भनिएको छ । ब्यूरोको यस्तो सूचना अदालतले अन्तरिम आदेश दिइसकेको अवस्थामा आएको हो।

    उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले पाठकका तर्फबाट दायर निषेधाको निवेदनमा सुनुवाइ गरेपछि यो आदेश जारी भएको हो। अन्तरिम आदेशका लागि छलफलका लागि अदालतले असार ५ गते (बिहीबार) दुवै पक्षलाई बोलाएको छ।

    d(4).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार