Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

सुख्खा पहिरोले अवरुद्ध मुग्लिन नारायणगढ सडकमा साना सवारीसाधन सुचारु

सुख्खा पहिरो गएर अवरुद्ध भएको मुग्लिन नारायणगढ सडक खण्ड आंशिक रुपमा सुचारु भएको छ ।

मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै गएको सुख्खा पहिरोको हटाई, साना सवारीसाधनहरूलाई आवागमन सुचारू भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । 

साथै कार्यालयले माथिबाट ढुंगा खसेर हायसको छतमा झरेको र एम्बुलेन्सको अगाडिको सिसा चर्किएको जानकारी दिदै हेरेर मात्र सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।