Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

जबरजस्ती करणी गरेको अभियोगमा मनाङबाट एक जना पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९ दानाक्यूस्थित सिनो हाईड्रोपावरमा काम गर्ने लमजुङ मर्स्याङदी गाउँपालिका-३ टुनिखर्क घर भएका ३१ वर्षीय डुल बहादुर गुरूङलाई प्रहरीले पक्राउ गरेको छ । 

गुरूङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मनाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।