शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बोसनिया र मलेशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बोसनिया र मलेशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

आषाढ ३, २०८२ मंगलवार
आषाढ ३, २०८२ मंगलवार
  • बोसनिया र मलेशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

    वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बोसनिया र मलेशिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने लमजुङ दोर्दी गाउँपालिका-५ घर भएका २६ वर्षीय दिपेन्द्र गुरूङ र काठमाडौं महानगरपालिका-१५ बस्ने सर्लाही बरहथवा नगरपालिका-१ घर भएका ३४ वर्षीया रूपी माया रहेका छन् । 

    पक्राउ मध्ये दिपेन्द्रले बोसनिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ७ लाख रूपैयाँ र रूपीले मलेशिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ५ लाख ५७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपेन्द्रलाई काठमाडौं महानगरपालिका-१६ बाट आइतबार र रूपीलाई काठमाडौं महानगरपालिका-१५ बाट सोमबार पक्राउ गरेको हो । 

    प्रहरीले उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जानकारी दिएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार