Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

संसद बैठक सुुरु हुने बित्तिकै स्थगित

प्रतिनिधिसभाको आज (मंगलबार) को वैठक सुुरु हुने वित्तिकै आधा घण्टाका लागि स्थगित भएको छ। आज पनि प्रतिनिधिसभा बैठकमामा रास्वपा सांसदहरूले नाराबाजी गरेका छन्।

बैठक सुरु हुनासाथ रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय दिइएको थियो। उनले भिजिट भिसा प्रकरणमा सरकार मौन बसेको भन्दै प्रश्न उठाइन् । ०६४ सालदेखि नै चल्दै आएको गम्भीर विकृति भएको भन्दै उच्चस्तरीय छानबिन समिति माग गरेको उनले बताइन्।

त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने रास्वपासहितको विपक्षीको माग छ । तर, कांग्रेस–एमाले र माओवादीले भने गत शुक्रबार नै सदन सञ्चालनको विषयमा दुई बुँदे सहमति गरेका छन् ।

बिहीबारसम्म माओवादी पनि रास्वपाकै मागअनुसार विरोधमा थियो। रास्वपाका सांसदहरूले यसअघिको बैठकमा पनि वेल घेराउ गर्दै विरोध जनाएका थिए।