Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

नेपाली शान्ति सैनिकको अदलीबदली

संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना मिशनमा गएका नेपाली सैनिकको अदलीबदली भएको छ ।  

संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि युनाइटेड नेसन्स इन्तरिम सेक्युरिटी फोर्स फर अबएइ मिसनमा तैनाथ फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) तेस्रो डफ्फाका ६७ जना नेपाली शान्ति सैनिकहरू सह सेनानी भोला कुमार कार्कीको नेतृत्वमा स्वदेश फिर्ता भएका छन् ।  

यसअघि, उक्त मिसनलाई बदली गर्नको लागि फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) चौथो डफ्फाका ७७ जना शान्ति सैनिकहरू प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठको नेतृत्वमा मिसन इलाकातर्फ प्रस्थान गरेका थिए ।  

हाल उक्त मिसनमा १०७ जना शान्ति सैनिकहरू कार्यरत रहेको नेपाली सेनाले जनाएको छ ।