शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बोलेरो जीप दुर्घटना: दुईको मृत्यु, एक जना घाइते

बोलेरो जीप दुर्घटना: दुईको मृत्यु, एक जना घाइते

आषाढ २, २०८२ सोमवार
आषाढ २, २०८२ सोमवार
  • बोलेरो जीप दुर्घटना: दुईको मृत्यु, एक जना घाइते

    पाल्पाको पूर्वखोला गाउँपालिका–५ मा बोलेरो जीप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

    आज साँझ आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा बोकेको लु १ च ६७५६ नम्बरको बोलेरो जीप वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा दुर्घटना भएको हो।

    दुर्घटनामा परी सवारी धनी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालिका–११ मझुवा बस्दै आएका ४६ वर्षीय विनोद ढुङ्गाना र अर्का नाम थर नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।

    उनका अनुसार ढुङ्गानाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा र अर्का एक जनाको मिसन अस्पताल पाल्पामा मृत्यु भएको हो। दुर्घटनामा चालक बुटवल उपमहानगरपालिका–११ का ३० वर्षीय राजु खड्का गम्भीर घाइते भएका छन्।

    खड्काको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। गाडी सडकदेखि ३०० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार