Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

मेयर बालेनको व्यंग्य: बा रोनाल्डो भए पनि मिहिनेत चाहिँ गर्नैपर्छ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह फेरि सामाजिक सञ्जालमा सक्रिय हुन थालेका छन्। केही दिनयता सामाजिक सञ्जालमा खासै नदेखिएका शाहले आइतबार साँझ चर्चित फुटबल खेलाडी क्रिस्टिआनोे रोनाल्डो र उनको छोराको तस्बिर सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘बुवा क्रिस्टिआनो रोनाल्डो भए पनि, मिहिनेत चाहिँ गर्नुपर्छ !’

बालेन्द्रको यो व्यंग्य प्रधानमन्त्री केपी शर्मा ओली र उनका समर्थकहरूप्रति लक्षित हो भन्ने कुरा बुझ्न सकिन्छ। प्रधानमन्त्री ओलीलाई ‘बा’ सम्बोधन गर्नेहरूले सत्ता र शक्तिको दुरुपयोग गरिरहेको आरोप लाग्ने गरेको छ।

केही समयअघि काठमाडौँ महानगरपालिकामा मेयर बालेनले हाजिर हुन नदिएका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईलाई जबर्जस्ती कार्यालय प्रवेश गराइएको थियो। जसमा उपप्रमुख सुनिता डंगोलले गुरागाईंको साथ दिएकी थिइन्। लगत्तै बालेन्द्र निकट नगर प्रहरी प्रमुख राजु पाण्डेमाथि कारबाही भएको थियो।