शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सडक भास्सिँदा चीन जोड्ने नाका अवरुद्ध

सडक भास्सिँदा चीन जोड्ने नाका अवरुद्ध

आषाढ १, २०८२ आइतवार
आषाढ १, २०८२ आइतवार
  • सडक भास्सिँदा चीन जोड्ने नाका अवरुद्ध

    सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ तातोपानीबाट चीन जोड्ने अन्तर्राष्ट्रिय राजमार्गको कोदारी इको खण्ड भास्सिँदा आइतबार बिहानदेखि अवरुद्ध छ।

    आइतबार बिहान भोटेकोशी–२ स्थित कोदारीमा अविरल वर्षाका कारण सडक भास्सिएर अवरुद्ध भएको भोटेकोशी–२ का अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए। ‘अब वर्षा सुरु भयो, सडक अवरुद्ध भइरहने गर्छ, यसले नाका र सीमावासी प्रभावित बनेका छन्,’ उनले भने।

    शनिबार रातिदेखिको निरन्तर वर्षापछि सडकको संरचना कमजोर बनेर भास्सिएको जनाइएको छ। सडक भास्सिँदा तातोपानी नाका हुँदै सञ्चालन हुने कन्टेनर ढुवानी तथा दुई देशबीचको अन्तर्राष्ट्रिय व्यापार बर्खाअघि दुई पटक अवरुद्व भएको थियो। यसअघि अविरल वर्षापछि कोप्लाङ क्षेत्रमा सडक करिब १५ फिट भास्सिएको थियो, जसका कारण नाका पूर्णरूपमा बन्द भएको थियो।

    स्थानीय प्रशासनले तत्कालीन रूपमा सडक अवरुद्ध भएको जानकारी गराउँदै वैकल्पिक व्यवस्था गर्न कठिनाइ भएको बताएको छ। घटनास्थलमा सडक मर्मतको प्रारम्भिक तयारी भइरहेको छ भने भासिएको क्षेत्रको विस्तृत मूल्यांकनपश्चात् पुनःनिर्माण कार्य सुरु गरिने बताइएको छ। तातोपानी नाका विगतदेखि नै प्राकृतिक प्रकोपका कारण पटक–पटक बन्द हुँदै आएको संवेदनशील क्षेत्र हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार