शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

अरनिको र मध्यपहाडीसहित यी मुख्य राजमार्ग पहिरोले थुनिए

अरनिको र मध्यपहाडीसहित यी मुख्य राजमार्ग पहिरोले थुनिए

आषाढ १, २०८२ आइतवार
आषाढ १, २०८२ आइतवार
  • अरनिको र मध्यपहाडीसहित यी मुख्य राजमार्ग पहिरोले थुनिए

    मनसुन सक्रिय भएसँगै खसेको पहिरोका कारण अरनिको, मध्यपहाडी र कान्ति लोकपथसहित देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।

    आइतबार बिहानसम्मको विवरणअनुसार काठमाडौं उपत्यका, कोशी र बागमती प्रदेशका आधा दर्जनभन्दा बढी स्थानमा यातायात ठप्प भएको छ। कारण सयौं यात्रु र मालवाहक सवारी साधन बीच बाटोमै अलपत्र परेका छन्। प्रहरीले उपलब्ध गराएको शनिबार बिहान १० बजेसम्मको विवरणअनुसार, चीनसँगको व्यापारिक नाका जोड्ने अरनिको राजमार्ग सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ।

    यस्तै, मकवानपुरको भिमफेदी गाउँपालिका–८ भल्र्याङडाँडामा पहिरो खस्दा काठमाडौंलाई हेटौँडासँग जोड्ने कान्ति लोकपथ पनि पूर्ण रूपमा बन्द छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पनि पहिरोको चपेटामा परेको छ।

    खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० बर्खेटारमा पहिरो जाँदा लोकमार्गमा यातायात एकतर्फी मात्र सञ्चालनमा छ। त्यस्तै धनकुटाको साँगुरीगढी–५ स्थित रवि–राके–भेडेटार सडक खण्ड, खोटाङकै दिप्रुङ चुइचुम्मा–४ स्थित दिक्तेल–गाईघाट सडक खण्ड र ललितपुरको बाग्मती–६ रुम्बाडाँडा स्थित आश्राङ–गिम्दी सडक खण्डमा पनि पहिरोका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। सम्बन्धित निकायहरूले राजमार्ग खुलाउने प्रयास जारी राखेको जनाएका छन्।

    p(31).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार