शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

यातायातका कार्यालय सहायक र बिचौलिया घुस रकमसहित अख्तियारको नियन्त्रणमा

यातायातका कार्यालय सहायक र बिचौलिया घुस रकमसहित अख्तियारको नियन्त्रणमा

जेठ ३१, २०८२ शनिवार
जेठ ३१, २०८२ शनिवार
  • यातायातका कार्यालय सहायक र बिचौलिया घुस रकमसहित अख्तियारको नियन्त्रणमा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनका कार्यालय सहायक ईन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठकलाई नियन्त्रणमा लिएको छ ।

    अख्तियारले गुरुङ र पाठकले सवारी चालक अनुमति पत्रको परीक्षा संचालन गर्दा फेल भएका परीक्षार्थीहरुबाट बिभिन्न वर्गका सवारी चालक अनुमति पत्र दिनका लागि लिएको एक लाख ८५ हजार नगद रकमसहित गुरुङको कार्यकक्षबाट नियन्त्रणमा लिइएको जनाएको छ । 

    त्यस्तै अख्तियारले बिचौलिया पाठक समेतलाई यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनको कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको तथा कार्यालय प्रमुख बिष्णु भट्टराई तथा अन्य कर्मचारीहरु र बिभिन्न ड्राइभिइ सेन्टरका संचालकहरुको बिद्युतिय उपकरण मोबाइल थान-३१ भन्दा बढी, ल्याप्टप थान-२ र अन्य कागजातहरुसमेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट