शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सिटिजन्स बैंकको स्मार्ट सेवा: अब सामान्य कामको लागि बैंक धाउनु पर्दैन

सिटिजन्स बैंकको स्मार्ट सेवा: अब सामान्य कामको लागि बैंक धाउनु पर्दैन

जेठ ३०, २०८२ शुक्रवार
जेठ ३०, २०८२ शुक्रवार
  • सिटिजन्स बैंकको स्मार्ट सेवा: अब सामान्य कामको लागि बैंक धाउनु पर्दैन

    सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूलाई सेवा सुविधामा अझ सहज बनाउँका लागि स्मार्ट सेवा सुरू गरिरहेको छ । ग्राहकलाई घरबाटै विभिन्न बैंकिङ सेवाहरूको सुविधा प्रदान गर्ने उद्देश्यले बैंकले यस सेवालाई सुरु गरेको हो । बैंकका अनुसार कार्ड सम्बन्धि सेवा, मोबाइल बैंकिङ र इन्टरनेट सेवा डिम्याट क्युआर मर्चेन्ट सेवा अनलाइनबाट नै लिन सकिने भएको हो ।
    यी हुन् बैंकको स्मार्ट सेवाहरु:

    कार्ड सम्बन्धी सेवा:

    यदि ग्राहकहरुले नयाँ डेबिट कार्ड लिन चाहन्छन् भने उनीहरूले स्मार्ट सेवाको माध्यमबाट आवेदन दिन सक्नेछन् ।

    यस सेवा मार्फत कार्डको पिन रिफ्रेस गर्न र कार्ड हराएमा ब्लक गर्न पनि सकिने बैंकले जनाएको छ । यसका लागि बैंकमा जानु पर्दैन । ग्राहकले स्मार्ट सेवाबाटै यी कार्यहरू गर्न सक्नेछन् ।

    मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा:

    ग्राहकहरूले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङका सबै सामान्य कारोबारहरू स्मार्ट सेवाबाट गर्न सक्नेछन्, जस्तै पिन रिसेट, पासवर्ड रिसेट, खाता नम्बर परिवर्तन र अन्य सामान्य कार्यहरूका लागि बैंक धाउनु पर्दैन।

    यो सबै काम घरबाटै सजिलै सम्पन्न गर्न सकिने बैंकले जानकारी दिएको छ ।

    डिम्याट र क्युआर मर्चेन्ट सेवा:

    ग्राहकहरूले स्मार्ट सेवामा डिम्याट खातासम्बन्धी समस्याहरूको समाधान पनि गर्न सक्ने बैंकले जनाएको छ । जस्तै सेयर रिक्वेस्ट, सेयर पासवर्ड पुन: सेट, सिआरएन नम्बर, र क्युआर मर्चेन्ट रेजिष्ट्रेशनका लागि बैंक धाउनु पर्दैन । सबै काम स्मार्ट सेवाबाट गर्न सकिने बैंकले जनाएको छ ।

    स्मार्ट सेवा ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ र बैंकको वेबपेज (वेबसाइट) मार्फत प्राप्त गर्न सक्नेछन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट