Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

डा. गोविन्द केसीसँग छलफल सुरु गरिसकेका छौँ : शिक्षामन्त्री पोखरेल

सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले डा. गोविन्द केसीसँग छलफल सुरु भएको बताएका छन्। 

उनले आज पत्रकारहरूसँग मन्त्रालयमा कुरा गर्दै शिक्षामन्त्री पोखरेलले डा.केसीसँग अनौपचारिक संवाद सुरु भएको बताएका हुन्।

शिक्षामन्त्री पोखरेलका अनुसार डा. गोविन्द केसीसँग सचिवालयबाट छलफल भइरहेको छ । 

उहाँको मागका विषयमा मेरो ध्यानाकर्षण भएको छ । म डा. केसीको फ्यान हुँ । समर्थक हुँ।’ केसीकै कारण गरिबहरूले चिकित्सा शिक्षा अध्ययन गर्न पाएको छ, 'उनले भने ।'

डा.केसी बिहीबारदेखि धनगढीमा २४औँ सत्याग्रह (अनसन) बसेका छन्।