Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ल्यायो आकर्षक सुविधासहित ‘विशेष बचत खाता’

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विशेष बचत खाता सञ्चालनमा ल्याइएको छ । बैंकले यो योजना नेपाल इन्जिनियर्स एशोसिएसनका सदस्य इन्जिनियरहरु र आर्किटेक्टहरुका लागि ल्याएको हो ।

यस योजनामा सदस्यहरूले विभिन्न आकर्षक सुविधा पाउनेछन् । यस योजनामा १० लाख रुपैयाँको दुर्घटना र स्थायी अशक्तता बीमा, १५ लाखसम्मको धितो रहित ऋण सुविधा समावेश रहेको बैंकले जनाएको छ ।

त्यसैगरी, २ करोडसम्मको एनएमबी स्टार्टअप ऋण आधारमा वार्षिक १.० प्रतिशत वा ७.९९ प्रतिशत स्थिर ब्याजदरमा उपलब्ध गर्न सक्नुका साथै खाता खोल्ना साथ कम्तिमा २५ हजारको क्रेडिट कार्ड पाइने सुविधा समेत रहेको बैंकले जनाएको छ ।

साथै, अन्य विभिन्न बैंकिङ सेवा सुविधाबारे जानकारी लिन एनइए वा एनएमबीमा सम्पर्क गर्न सक्ने बैंकले जानकारी दिएको छ ।