Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

दुर्गा प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते राजावादीहरूको प्रदर्शन क्रममा तीनकुनेमा भएको हिंसात्मक घटनाका लागि दुर्गा प्रसाईंलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ।

न्यायाधीश ध्रुबराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका थप ६ जनालाई थुनामा पठाउन आदेश गरेको हो । पुर्पक्षका लागी थुनामा पठाउने आदेश भएकाहरूमा घर आगजनी र समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकको हत्यामा संलग्न आरोपीहरू सहित छन् ।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइएकाहरुमा तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, सुशील बराल, केशब बस्नेत र कुमार तामाङ छन्। अन्य ३२ अभियुक्तलाई धरौटीमा छाड्न अदालतले भनेको छ।