Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

विमान दुर्घटनामा मृत्यु भएका हरेक परिवारलाई टाटा समुहले एक एक करोड दिने

टाटा समुहले भारतको अहमदाबादमा भएको एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा मृत्यु भएका प्रति परिवारलाई एक करोड दिने घोषणा गरेको छ । एयर इण्डियाको मालिक हाल टाटा समुह रहेको छ ।

टाटा समुहले सम्पूर्ण घाइतेको उपचार खर्च पनि बेहोर्ने जानकारी दिदै सबै आवश्यक सहयोग गर्ने जानकारी दिएको छ । साथै टाटा समुहले विमान दुर्घटनामा क्षतिग्रस्त भएको बिजे मेडिकल कलेजको होस्टेल समेत निर्माण गरिदिने घोषणा गरेको छ ।

एयर इण्डियाको विमान दुर्घटनामा अहिलेसम्म २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने विमानआमा सवार सकुशल रहेका छन् । विमानमा २४२ जना सवार थिए, जसमा २३२ यात्रु र १० जना चालक दलका सदस्य थिए। अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

प्रहरी आयुक्तले केही जीवित सक्ने बताएका छन् । उनले ४१ जनाको अस्पतालमा उपचार भइरहेको र राहत तथा उद्धार कार्य जारी बताएका छन् । घाइतेमा विमानमा सवार बाहेक अन्य समेत रहेको बताइएको छ ।

भारतको अहमदावादबाट लण्डनका लागि उडेको एयर इन्डियाको उडान नम्बर एआई(१७१ विहिबार दिउँसो भारतीय समय अनुसार १:३८ बजे उडान भरेको दुई मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो ।