Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

तीन दलका तीन नेताहरुको चर्तिकला झन् बढि नाङ्गिदै छः डा. बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले तीन दलका तीन नेताहरुको चर्तिकला आगामी दिनमा झन् बढि नाङ्गिदै जाने बताएका छन् । 

बिहिबार काठमाडौंमा नेपाल समाजवादी पार्टीको १० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले अहिले दलहरुले एकअर्काका खुट्टा तानातान, पोल खोला खोल गरिरहेको भन्दै त्यस अर्थमा बृहत नयाँ वैकल्पिक शक्तिहरुको ध्रुविकरणको प्रक्रिया अगाडि बढेर जाने बताए ।
 
उनले भने, ‘अहिले जसरी उनीहरुले एकअर्काका खुट्टा तानातान गरेर पोल खोला खोल गरिरहेका छन् आगामी दिनमा त्यो झन् बढ्दै जानेछ र यो मुख्य तीन दलका तीन नेताहरुको चर्तिकला आगामी दिनमा झन् बढि नाङ्गिदैछ । त्यस अर्थमा यो बृहत नयाँ वैकल्पिक शक्तिहरुको ध्रुविकरणको प्रक्रिया पनि आगामी दिनमा अगाडि बढेर जान्छ ।’ यस्तै, उनले पुराना दलहरु विघटन भईरहेको भन्दै आगामी वर्षहरु एउटा ठूलो उथलपुथल वर्ष हुने पनि बताए ।