शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पत्रकार नारायण अर्याल प्रहरी निगरानीमा

पत्रकार नारायण अर्याल प्रहरी निगरानीमा

जेठ २९, २०८२ बिहिवार
जेठ २९, २०८२ बिहिवार
  • पत्रकार नारायण अर्याल प्रहरी निगरानीमा

    सञ्चारकर्मी दिलभुषण पाठकले संचालन गरेको युट्युब च्यानल ‘टफ टक’मा आबद्ध पत्रकार नारायण अर्याल प्रहरी निगरानीमा छन् ।अर्यालले आफूलाई प्रहरीले पिछा गरिरहेको बताएका हुन् ।

    विहीबार विहानदेखि ललितपुर कुपोन्डोल निवास नजिक प्रहरीले निगरानी बढाएको नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले पुष्टि गरे । अर्याललाई पक्राउ गर्न खोजीरहेको लम्सालले जनाए । उनले भने,‘प्रेस स्वतन्त्रता दबाउने र पत्रकारमाथि मुद्दा लगाउने सरकारको यो कदम लोकतन्त्रको लागि खतरा हो।’

    पाठकलाई काठमाडौँ जिल्ला अदालतले यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ । सञ्चारकर्मी पाठकले आफ्नो युट्युब च्यानलमार्फत प्रसारण गरेको एक भिडिओ सामग्रीलाई लिएर उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

    पाठकले आफ्नो युट्युब कार्यक्रम ‘टफ टक’को ‘टफ एक्स्प्लेनर’ शृङ्खलामा काङ्ग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको व्यावसायिक संलग्नताबारे एक रिपोर्ट प्रसारण गरेका थिए ।

    लामो समय कान्तिपुर टेलिभिजनमा आबद्ध भएका पत्रकार अर्याल पछिल्लो समय ‘टफ टक’मा सम्पादकीय नेतृत्व गरिरहेका थिए । उनलाई विहीबार विहानदेखि नै प्रहरीले पिछा गरिरहेको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार