Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

कैलालीमा गोली चल्यो, दुई जना पक्राउ

फरार प्रतिवादी पक्राउ गर्नका लागि कैलालीमा प्रहरीले गोली चलाइएको छ।

केहि दिनअघि कैलालीको टीकापुरमा भएको खुकुरी हानाहान घटनाको फरार प्रतिवादी प्रकाउ गर्न गोली चलाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार सिंहले जानकारी दिए।

पक्राउ पर्नेमा रिदम ढुंगाना र मिलन चन्द्र रहेको सिंहले बताए। उनले भने, ‘केही समयअघि टीकापुरमा एक युवकमाथि खुकुरी प्रहार भएको प्रतिवादीलाई नियन्त्रणमा लिन गोली चलाएका हौ ।’

जेठ १५ गते कैलालीको टीकापुरमा एक युवकमाथि खुकुरी प्रहार भएको थियो। टीकापुर नगरपालिका–१ का ३१ वर्षीय टेकेन्द्र सिंह विष्टमाथि दिउँसो घर नजिकैको क्याफेमा कफी पिइरहेका बेला खुकुरी प्रहार भएको थियो।