शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मलेखु-मुग्लिङ्ग सडकखण्ड ९ दिन रातिमा बन्द हुने

मलेखु-मुग्लिङ्ग सडकखण्ड ९ दिन रातिमा बन्द हुने

जेठ २९, २०८२ बिहिवार
जेठ २९, २०८२ बिहिवार
  • मलेखु-मुग्लिङ्ग सडकखण्ड ९ दिन रातिमा बन्द हुने

    पृथ्वी राजमार्गको मलेखु - मुग्लिङ्ग खण्ड जेठ ३० गतेदेखि असार ७ गतेसम्म राति १०: ३० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ ।

    नागढुंगा मुग्लिङ्ग सडक योजनाले सूचना प्रकाशित गर्दै निर्माणाधीन बार्वाङ्ग खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसि बिम राख्न ठुलो साइजको क्रेन प्रयोग गर्नको लागि जेठ ३० गतेदेखि असार ७ गतेसम्म राति १०: ३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक सवारी वाहेक अन्य सवार आवागमन रोकिने जानकारी दिएको छ । 

    सो समयमा मुग्लिङ्गतर्फबाट मलेखु छिर्ने भारी सवारी साधनहरु मुग्लिङ्गमा र हलुका सवारी साधन कुरिनटारमा रोकिने छ । त्यस्तै मलेखुतर्फबाट मुग्लिङ्ग छिर्ने भारी सवारी साधनहरु मलेखुमै रोकिने र हलुका सवारी साधन शितल बजारमा रोकिने जानकारी दिइएको छ । 

    रोकिएका सबै सवारी साधनहरुलाइ बिहान ३ बजे पछि मात्र छोडिने र रोकिएको समयमा सवारीसाधन रोक्दा र सवारी चलाउँदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्न अनुरोध गरिएको छ । साथै एम्बुलेन्स र सुरक्षानिकायका सवारीसाधनहरु भने निर्वाद रुपमा संचालन हुने बताइएको छ । 

    malekhu1749712998.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट