Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

डाईभर्सन बनाएपछि पूर्वपश्चिम राजमार्ग सुचारु

अवरुद्ध रहेको पूर्वपश्चिम राजमार्ग सुचारु भएको छ । 

दुम्किवासको विनयी खोलामा बनाइएको डाईभर्सन बाढीले बगाउँदा अवरुद्ध रहेको राजमार्ग डाइभर्सन बनाएपछि दुइतर्फी सुचारु भएको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ ।

विनयी खोलाको पुल भाँचिएपछि खोलामाथि डाईभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएपनि बिहीबार बिहान आएको बाढीले डाईभर्सन बगाएपछि राजमार्ग अवरुद्ध बनेको थियो ।