Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

आज तोलाको कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ ।

बुधबार १३ सय रुपैयाँले बढेको सुन आज १६ सयले बढेको हो। नेपाल सुन –चाँदी व्यवसायी महासंघका अनुसार आज १६ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको छ।

बुधबार प्रतितोला सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ तोकिएको थियो। सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ। आज एक तोला चाँदीको मूल्य २१ सय ५० कायम भएको छ।

सोही परिमाणको चाँदी बुधबार २१ सय ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।