शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ

मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ

जेठ २८, २०८२ बुधवार
जेठ २८, २०८२ बुधवार
  • मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ

    काठमाडौँको शंकरापुर नगरपालिका ५ पालुबारीबाट बुधबार मोटरसाइकल चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

    नियन्त्रणमा आउनेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ३ धुसकोट घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २२ वर्षीय संजय तामाङ रहेका छन् । 

    वास्तविक नम्बर बागमती प्रदेश ०२-०५१ प २१ १९  रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४९ प २८ ९६ राखि तामाङले चलाईरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

    उक्त मोटरसाइकल दाङ घर भएका मिलन नेपालीले काठमाडौंको बालाजुबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । नियन्त्रणमा तामाङलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए । 

    आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक गिरीले सम्पूर्णमा अनुरोध गरेका छन् । 

    सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट