Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

नेपाली सेनाका सहायक रथी अधिकारीको राजीनामा

नेपाली सेनाका सहायक रथी युवधिर मानसिंह अधिकारीले पदावधि पुरा नहुँदै राजीनामा दिएका छन्।

 व्यक्तिगत कारण देखाएर उनले राजीनामा दिएका हुन्। उनको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत समेत गरिसकेको रक्षा मन्त्रालयका प्रवक्ता मनोज कुमार आचार्यले बताएका छन्।

सहायक रथीको चार वर्षे पदावधि पनि पूरा नहुँदै उनले राजीनामा दिएका हुन्। सहायक रथी हुँदा उनी पछिल्लो समय चरक बाहिनीमा कार्यरत थिए। तर उमेर हदका कारण अब बढुवा हुने सम्भावना नभएपछि अधिकारीले पदावधि पूरा नहुँदै राजीनामा दिएका हुन्।