Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ

डलर देखाई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-५ जोरपाटी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका २९ वर्षीय धन बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यकाको गोकर्णेश्वर, जोरपाटी लगायतका विभिन्न ठाउँमा नक्कली डलर देखाएर ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न धन बहादुरलाई बुढानिलकण्ठ नगरपालिका-११ कपनबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ ।