शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

तीनकुने घटनामा गोली लागेकी रेविकालाई सहयोग रकम हस्तान्तरण

तीनकुने घटनामा गोली लागेकी रेविकालाई सहयोग रकम हस्तान्तरण

जेठ २८, २०८२ बुधवार
जेठ २८, २०८२ बुधवार
  • तीनकुने घटनामा गोली लागेकी रेविकालाई सहयोग रकम हस्तान्तरण

    संयुक्त जनआन्दोलन समितिले तीनकुने घटनामा गोली लागेर घाइते रेविका खत्रीलाई पोर्चुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण गरेको छ।

    समितिका संयोजक नवराज सुवेदी नेतृत्वको टोलीले बुधबार महाराजगजस्थित शिक्षण अस्पताल पुगी आठ लाख ३९ हजार चार सय रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन्।

    हस्तान्तरण कार्यक्रममा निर्देशक समितिका सदस्यहरू डा.प्रकाशचन्द्र लोहनी र हरिबहादुर बस्नेतको पनि सहभागिता रहेको थियो।रमेशराज बास्तोलाको संयोजनमा लिजवन पोर्चुगलबाट उपलब्ध सहयोग उनीहरुले हस्तान्तरण गरेका हुन्।

    टोलीमा राप्रपाका प्रवक्ता सगुन सुन्दर लावती, जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, राप्रपाका केन्द्रीय सदस्य धनसुर शाही पनि उपस्थित थिए। शिक्षण अस्पतालमा खत्रीको उपचार जारी छ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार