Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

तीनकुने घटनामा गोली लागेकी रेविकालाई सहयोग रकम हस्तान्तरण

संयुक्त जनआन्दोलन समितिले तीनकुने घटनामा गोली लागेर घाइते रेविका खत्रीलाई पोर्चुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण गरेको छ।

समितिका संयोजक नवराज सुवेदी नेतृत्वको टोलीले बुधबार महाराजगजस्थित शिक्षण अस्पताल पुगी आठ लाख ३९ हजार चार सय रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण कार्यक्रममा निर्देशक समितिका सदस्यहरू डा.प्रकाशचन्द्र लोहनी र हरिबहादुर बस्नेतको पनि सहभागिता रहेको थियो।रमेशराज बास्तोलाको संयोजनमा लिजवन पोर्चुगलबाट उपलब्ध सहयोग उनीहरुले हस्तान्तरण गरेका हुन्।

टोलीमा राप्रपाका प्रवक्ता सगुन सुन्दर लावती, जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, राप्रपाका केन्द्रीय सदस्य धनसुर शाही पनि उपस्थित थिए। शिक्षण अस्पतालमा खत्रीको उपचार जारी छ।