Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

काठमाडौं टोखामा प्रहरीले चलायो गोली

काठमाडौंको टोखामा गोली चलेको छ। टोखास्थित ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो।

गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएको बताइएको छ । मंगलबार दिउँसो ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध रहेको आशंकामा प्रहरीले एउटा समूहलाई पछ्याउने क्रममा गोली चलेको हो ।

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका निम्ति गोली चलाइएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले बताए ।

घाइते उनीहरुलाई उपचारका लागि अस्पताल लगिँदैछ । घाइतेको नाम भने खुलेको छैन।