Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

आज पनि ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा सुनको मूल्य थप घटेको छ । चाँदीको मूल्यमा हल्का वृद्धि भएको छ। सोमबार प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य मंगलबार ६०० रुपैयाँले घटेर एक लाख ९० हजार रुपैयाँ कायम भएको छ। यसैगरी, चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ।

सोमबार प्रतितोला दुई हजार १५० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार १५ रुपैयाँले बढेर दुई हजार १६५ रुपैयाँ पुगेको छ । आइतबार तोलामा तीन हजार रुपैयाँ र सोमबार एक सय रुपैयाँ घटेको सुनको मूल्य आज थप ६ सय रुपैयाँ घटेको हो।

गत साता सुनको मूल्य ५९ सय रुपैयाँ बढेको थियो। गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।