Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सान्भी इनर्जीको आईपीओ बाँडफाँट

सान्भी इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।

कम्पनिको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले सोमबार बाँडफाँट गरेको हो । गोलाप्रथाबाट २ लाख ४१ हजार ५३० जना आवेदकले १० कित्ता सेयर पाएका छन् । 

 सेयरमा कुल २१ लाख ८ हजार २३२ जना आवेदकले करीब २ करोड ५८ लाख ९० हजार कित्ता माग गरेका थिए । यो माग निष्कासन भएको परिमाणभन्दा १०।७१ गुणा बढी थियो । योसँगै करिब १८ लाख ६६ हजार ७०२ जनाको हात खाली भएको छ ।

क्रम्पनीले गत जेठ ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो, जसको कुल रकम २४ करोड १५ लाख रुपैयाँ बराबर रहेको छ।