Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको आरोपमा शिक्षकविरुद्ध मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको रामदेनी तिवारी निमाविमा द्वितीय श्रेणीका शिक्षक चन्देश कुमार चौहान उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर दायर भएको छ ।

अख्तियारले चौहानले निमावि तृतीय श्रेणीमा अंग्रेजी शिक्षकमा स्थायी नियुक्ति भई निमावि द्वितीय श्रेणीको शिक्षक पदमा बढुवा प्रयोजनको लागि मागाध युनिभर्सिटी बोधगयाबाट अग्रेजी बिए (स्नातक तह) उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रहरु पेश गरेको पुष्टि भएकोले आरोप पत्र दायर गरेको जानकारी दिएको छ ।