Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

स्वयम्भुमा सडक अवरोध गरेर समान बेच्ने तीन गाडी नियन्त्रणमा

काठमाडौँ महानगरपालिले स्वयम्भूमा सवारी आवागमनमा अवरोध गरि गाडीमा समान बिक्री गर्ने तीन गाडीलाई जरिवाना गरेको छ  । 

काठमाडौँ महानगर प्रहरी बलले सडक आवागमन तथा पैदल यात्रुहरूलाई असहज हुने गरी सडक पेटी अतिक्रमण गरी गाडीमा सामान बिक्री वितरण गका तीन गाडीलाई नियन्त्रणमा लिएर जरिवाना गरिएको जनाएको छ  । 

तीन वटा गाडीलाई जनही १५ हजार जरिवाना गरिएको प्रहरी बलले जनाएको छ ।