शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

बेगनास तालमा बेपत्ता श्रेष्ठको शव ३५ फिट गहिराइमा भेटियो

बेगनास तालमा बेपत्ता श्रेष्ठको शव ३५ फिट गहिराइमा भेटियो

जेठ २६, २०८२ सोमवार
जेठ २६, २०८२ सोमवार
  • बेगनास तालमा बेपत्ता श्रेष्ठको शव ३५ फिट गहिराइमा भेटियो

    पौडी खेल्ने क्रममा बेगनास तालमा बेपत्ता ४३ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्। पौडी खेल्ने क्रममा आइतबार साँझ पोखरा महानगरपालिका– ३१ माझीकुनास्थित बेगनास तालमा एक पुरुष बेपत्ता भएका थिए।

    पौडी खेल्दा बेपत्ता भएका गोरखाको शहिद लखन गाउँपालिका– ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठको शव तालको गहिराइमा फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

    बेपत्ता श्रेष्ठको खोजीका लागि सशस्त्र प्रहरी बल नम्बर २४ कालीका गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ जना गोताखोरसहितको टोली परिचालन गरिएको थियो।

    उनीहरुले सोमबार बिहान १० बजेतिर श्रेष्ठको शव तालको ३५ फिट गहिराइबाट बाहिर निकालेका हुन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार