Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज पनि ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज (सोमबार) सुनको भाउ झन घटेको छ। आइतबार तोलामा तीन हजार रुपैयाँ घटेको सुनको मूल्य आज पनि ओरालो लागेको हो।

प्रतितोला एक सय रुपैयाँ घटेर सुनको मूल्य आज तोलाको एक लाखा ९० हजार ६ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत साता लगातार बढ्दै आएको सुनको मूल्यमा हिजो र आज घटेको हो।

सुनको मूल्य हिजो तोलामा तीन हजार रुपैयाँ घटेर एक लाख ९० हजार सातसय रुपैयाँमा झरेको थियो। गत साता सुनको मूल्य ५९ सय रुपैयाँ बढेको थियो।

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। आज चाँदीको भाउ भने थोरै बढेको छ। आज चाँदी प्रतितोला पाँच रुपैयाँ बढेर दुई हजार एक सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।