Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

आयल निगमका प्रादेशिक प्रमुखसहित पाँच जनाविरुद्ध मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम लिमिटेड गण्डकी प्रादेशिक कार्यालय गगनगौंडा कास्कीका प्रादेशिक प्रमुख चितरंजन दाससमेत ५ जना र तालचोक स्थित पश्चिमाञ्चल ट्रेडर्स उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ ।

डिपो प्रमुख समेतको मिलेमतोमा बिलमा उल्लेख भएको भन्दा बढी परिमाणमा पेट्रोलियम पदार्थ डिजेल सप्लाई गरेर ४ लाख ४८ हजार ५२५ नोक्सान पुर्याएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ । 

अख्तियारले नेपाल आयल निगम लिमिटेड गण्डकी प्रादेशिक कार्यालय गगनगौंडा कास्कीका प्रादेशिक प्रमुख चितरंजन दास, जिल्ला कास्की तालचोक स्थित पश्चिमाञ्चल ट्रेडर्स तथा उक्त कम्पनीका सञ्चालक बाबुराम जमरकट्टेल, गण्डकी धौलागिरी पेट्रोलियम एसोसियनका तत्कालीन प्रतिनिधी जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाट तथा  ट्याकर नं.ग २ ख ८३६नम्बरको ट्याङ्कर चालक निर्मल थापाविरुद्ध मुद्धा दायर गरेको छ ।