Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

दाङमा बस दुर्घटनाः ३० जना घाइते, दुईको अवस्था गम्भीर

दाङको तुलसीपुर–१३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।दाङ दंगीशरण गाँउपालिका गोल्टाकुरीबाट तुलसीपुर आउँदै गरेको ना४ख ४००१ नम्बरको यात्रुवाहक बस र तुलसीपुर–१३ बखरीयामा ब्रेकफेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुर पठाइएको र उपचार भइरहेको इलाका प्रहरी कार्यलय तुलसीपरका प्रहरी नायब निरीक्षक अनिलसिङ ठकुरीले जनाकारी दिए।

घाइतेको उद्धारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरको कमाण्डमा प्रहरी परिचालन भएका छन् । घटनाको विस्तृत विवरण आउँन बाँकी छ।