Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

लगातार बढिरहेको सुनको भाउमा भारी गिरावट

नेपाली बजारमा लगातार बढिरहेको सुनको भाउमा आज आइतबार भारी गिरावट आएको छ ।

शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन हजारले घटेको छ। चाँदीको मोल पनि तोलामा ५ रुपैंयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९० हजार ७०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार १४५ निर्धारण भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन्।