शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नागढुङ्गा-नौबिसे सडकमा थप ५ दिन सवारी आवागमन बन्द हुने

नागढुङ्गा-नौबिसे सडकमा थप ५ दिन सवारी आवागमन बन्द हुने

जेठ २५, २०८२ आइतवार
जेठ २५, २०८२ आइतवार
  • नागढुङ्गा-नौबिसे सडकमा थप ५ दिन सवारी आवागमन बन्द हुने

    नागढुङ्गा-नौबिसे सडक खण्डमा सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले थप ५ दिन सवारी आवागमन बन्द हुने भएको छ ।

    नागढुङ्गा(मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड) ले आइतबार सूचना जारी गर्दै जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म दैनिक साढे चार घण्टा सडक बन्द हुने जानकारी दिएको हो । सडक हरेक दिन बिहान १०: ३० बजेदेखि दिउँसो ३: ०० बजेसम्म पूर्ण रूपमा बन्द हुनेछ ।

    सडक योजनाले काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीलाई नागढुङ्गा चेकपोस्टमा र नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीलाई खानीखोला बजारमा नै रोकिने जनाएको छ ।

    सडक बन्द हुने समयमा साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने जानकारी दिएको छ । वैकल्पिक मार्गमा सीतापाइला-रामकोट-धार्के सडक र सामाखुशी-टोखा-छहरे-त्रिशुली (विदुर)-गल्छी सडक रहेको आयोजनाले जनाएको छ ।

    त्यस्तै सडक योजनाले बन्दको समयमा दमकल, एम्बुलेन्स र सुरक्षा निकायका जस्ता अत्यावश्यक सवारी साधनलाई भने नरोकिने बताएको छ । यस अघि नागढुङ्गा-नौबिसे सडक जेठ १० गतेदेखि २५ गतेसम्म बन्द गरेर काम गरिएको थियो । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार