शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बौद्धमा टिपरले ठक्कर दिँदा एकको मृत्यु, फरार चालक काभ्रेबाट समातिए

बौद्धमा टिपरले ठक्कर दिँदा एकको मृत्यु, फरार चालक काभ्रेबाट समातिए

जेठ २५, २०८२ आइतवार
जेठ २५, २०८२ आइतवार
  • बौद्धमा टिपरले ठक्कर दिँदा एकको मृत्यु, फरार चालक काभ्रेबाट समातिए

    काठमाडौँको बौद्धमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित रामहिटीमा गए राति साढे ११ बजेतिर टिपरले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको हो ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दिपक गिरीका अनुसार बागमती प्रदेश–०१–००६ ख ५५०८ नम्बरको टिपरको ठक्करबाट ज्यान गुमाउने करिब ६५ वर्षीय पुरुषको सनाखत हुन बाँकी छ ।

    ‘दुर्घटनापछि चालक टिपर लिएर भागेका थिए,’ एसपी गिरीले भने, ‘टिपर चालक काभ्रेको मण्डदनेउपुर नगरपालिका–६ घर भएका २८ वर्षीय अजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।’

    दुर्घटनापछि भागेका चालकलाई मण्डनदेउपुरबाट पक्राउ गरेर काठमाडौँ ल्याउन लागिएको उनले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार