Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

भोलि सार्वजनिक बिदा

सरकारले भोलि सार्वजनिक बिदा दिएको छ। बकर ईद (ईद–उल–अज्हा) पर्वका दिन सार्वजनिक बिदा दिने राजपत्रमा प्रकाशित सूचनाअनुसार गृह मन्त्रालयले भोलि बिदा दिइएको जानकारी दिएको हो।

शनिबार सार्वजनिक बिदाकै दिन बकर ईद परेको भन्दै मन्त्रालयले स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बीहरूका साथै सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेको छ।

‘मिति २०८१-११-१५ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अज्हा)का दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको सन्दर्भमा मुस्लिम आयोगको पत्रबाट मिति २०८२ साल जेठ २४ गते शनिबार (सार्वजनिक बिदा) का दिन बकर ईद (ईद–उल–अज्हा) परेको व्यहोरा जानकारी हुन आएको हुँदा यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम धर्मावलम्बीहरूका साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा मन्त्रालय हार्दिक शुभकामना व्यक्त गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ।

s(20).jpg